Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अमेरिकी हितविपरीत सञ्चालन भइरहेको ठहरसहित ६६ अन्तर्राष्ट्रिय निकायबाट बाहिरिने ट्रम्पको घोषणा

अमेरिकी हितविपरीत सञ्चालन भइरहेको ठहरसहित ६६ अन्तर्राष्ट्रिय निकायबाट बाहिरिने ट्रम्पको घोषणा

काठमाडौं ।  अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन भइरहेको ठहरसहित ६६ अन्तर्राष्ट्रिय निकायबाट बाहिरिने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । ट्रम्पले ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्था र ३१ वटा संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरुबाट बाहिरिने घोषणा गर्दै त्यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् ।

ती संस्थाहरुले ‘कट्टरपन्थी जलवायु नीति, विश्वव्यापी शासन (ग्लोबल गभर्नेन्स) र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग बाझिने वैचारिक कार्यक्रम’ प्रवर्द्धन गर्दै आएको आरोप अमेरिकाले लगाएको छ ।

 ट्रम्पले एक वर्षअघि दोस्रो कार्यकाल शुरू गरेयता संयुक्त राष्ट्रसंघका लागि अमेरिकी बजेट कटौती गर्ने, संयुक्त राष्ट्र मानव अधिकार परिषद्सँगको संलग्नता अन्त्य गर्ने, प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने एजेन्सीलाई दिइँदै आएको सहयोग रोक्ने तथा युनेस्कोबाट बाहिरिने निर्णय गरिसकेका छन् । यसैगरी, उनले  विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिने योजना ट्रम्पले यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार