काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यो गएको वर्षको यही अवधिको तुलनामा ३५ दशमलव ६ प्रतिशतले धेरै हो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामै मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने केही घटेको छ । यो अवधिमा १ लाख ७५ हजार ५ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ६३ हजार ९ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको यही अवधिमा १ लाख ९० हजार ३ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ३५ हजार ४ सय २५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com