दुहवी । सुनसरीको दुहवी नगरपालिका वडा नं. ५ मा रहको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले पौष २५ गते शुक्रबार आफ्नै प्राङ्गणमा २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । ।
श्री जनकल्याण साकोसको आयोजना तथा बष्टि इन्जिनियर बलराम चौधरीको प्रमुख आतिथ्यतामा श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले २५ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न गरीएको हो ।
श्री जनकल्याण बचत तथा क्रण सहकारी संस्था लि का भुप नारायण भगतले २०८१/०८२ सम्ममा १९ करोड भन्दा बढी निक्षेप र ४३ लाख ७ हजार ८सय ८३ रुपैया खुद नाफा भएको जानकारी गराए । संस्थाले २५ औं बर्ष पार गरेको रजत जयतीको अवसरमा सहकारी गित र रजत स्मारिका किताव विमोचन गर्नुका साथै उत्कृष्ट ऋण तथा बचत कर्ताहरुलाई सम्मान गरेको थिए ।
संस्थाले सामाजिक क्रिर्याकलाप अन्तर्गत निःशुल्क आँखा शिविर, रक्तदान कार्यक्रम, अनाथ बालबालिकालाई सहयोग र मृतक परिवारका सदस्यलाई समेत राहात कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष भगतले जानकारी दिए ।
संस्थाका अध्यक्ष भगतले माघ देखी सेयर सदस्यलाई प्रविधि सँग जोड्नका लागि मोवाइल बैकिङ्ग,एस.एम.एस सेवा, मोबाइल रिचार्ज र इ-सेवा सञ्चालनमा आउने बताए ।
२०५७ सालमा ३१ जना मिलेर श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि स्थापना गरी हाल २०८१/०८२ सम्म आउँदा २ हजार ९ सय ९७ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष भगतले जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, सहकारीका पदाधिकारीहरु लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com