Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

इरानमा रहेका नेपालीलाई सर्तकता अपनाउन परराष्ट्र मन्त्रालयको ट्राभल एड्भाइजरी

इरानमा रहेका नेपालीलाई सर्तकता अपनाउन परराष्ट्र मन्त्रालयको ट्राभल एड्भाइजरी

काठमाडौं। इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै गर्दा परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन  ‘ट्राभल एडभाइजारी’ जारी गरेको छ । 

विविध कामका सिलसिलामा इरानमा रहेका नेपालीहरुलाई इरानी अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध सरकारले गरेको हो ।

परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।

इरानमा रहेका नेपालीलाई आपत्कालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौँ र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार