काठमाडौं । नेपाल र बांङ्लादेशबीचको आठौँ वाणिज्य सचिवस्तरीय बैठक ढाकामा जारी रहेको छ ।
हिजो शुरु भएको दुई दिने बैठकमा द्विपक्षीय व्यापार, पारवहन, भौतिक तथा यातायात कनेक्टिभिटी र लगानीलगायत क्षेत्रहरूमा सहकार्य विस्तारका उपायहरूबारे विस्तृत छलफल हुने जनाइएको छ। विशेष गरी नेपाल(बांङ्लादेश व्यापार प्रवर्द्धनका लागि भन्सार दर, परा-भन्सार तथा गैर-भन्सार अवरोधहरू न्यूनीकरण गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । साथै प्राथमिकतायुक्त व्यापार सम्झौतासम्बन्धी जारी वार्तालाई शीघ्र टुंगोमा पुर्याउने विषय पनि बैठकको मुख्य एजेन्डामा रहेको छ।
त्यसैगरी व्यापार तथा पारवहन सहजीकरण, सडक तथा रेलमार्ग कनेक्टिभिटी विस्तार, हवाई सम्पर्क सुदृढीकरण तथा अल्पविकसित मुलुकको श्रेणीबाट सहज, क्रमिक र दिगो रूपमा उक्लिने प्रक्रियामा आपसी सहकार्यका विषयमा पनि दुवै पक्षबीच विचार(विमर्श हुने बताइएको छ।
नेपाल र बांङ्लादेशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो बैठकले द्विपक्षीय सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरिरहेका छन् भने बांङ्लादेशी प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com