Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने

काठमाडौं । अमेरिकाले यही जनवरी २१ अर्थात् माघ ७ गते देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा (अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा) प्रक्रिया रोक्ने निर्णय गरेको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो । यो निर्णय अमेरिकी विदेश मन्त्रालयको  ज्ञापनपत्रका आधारमा गरिएको हो। यसमा एसियाली महादेशका नेपालसहित २२ देश परेका छन् । नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा ९म्यानमार०, कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्।

अमेरिकाको विदेश मन्त्रालयले अब अमेरिका आउने र सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर भएको आशंका गरिएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी शक्ति प्रयोग गर्ने बताएको छ।

अमेरिकी दूतावास र कन्सुलर अधिकारीहरूलाई जाँच र प्रमाणीकरण प्रक्रियाको पुनस् समीक्षा नभएसम्म भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन कति समयसम्म रहनेछ भन्नेबारे कुनै जानकारी दिइएको छैन।

अमेरिकाको विदेश मन्त्रालयले ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता अहिलेसम्म १ लाखभन्दा बढी भिसा रद्द गरिएको बताएको छ। 

यसैबिच अमेरिकाको गृह सुरक्षा विभागले गत महिना ६ लाख ५० हजारभन्दा बढी मानिसलाई देश निकाला गरिएको र २५ लाख जना स्वेच्छाले अमेरिकाबाट बाहिरिएको जानकारी दिएको छ। 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार