काठमाडौँ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्याए करिब ६० अर्ब बचत हुने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा अर्थ सचिव उपाध्यायले अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुने मन्त्रालयको धारणा रहेको उल्लेख गर्नुभयो ।
निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अवकाश ५८ बाट ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुने बताउनुभएको हो । अवकाश ५८ बाट ६० वर्ष पुर्याउने सहमति जुटेको छ । तर, कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी छ । ६/६ महिना गरेर २ वर्षभित्र लागू गर्ने कि, एकरएक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित छ । यस्तोमा अर्थ मन्त्रालयले एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू गर्न सुझाएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com