Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

२० निर्माण कम्पनी परे कालोसूचीमा

२० निर्माण कम्पनी परे कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख छ ।

image-227-scaled.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार