Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अप्रिल १८

आज विश्व सम्पदा दिवस

आज विश्व सम्पदा दिवस

काठमाडौं । सम्पदा संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज अप्रिल १८ तारिख विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । 

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गरिएको छ ।  पुरातत्व विभाग, काठमाडौं ।महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गरिएको हो । 

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौंको वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार