काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्डले बचत तथा ऋणको मुख्य कारोबार गर्ने प्रारम्भिक सहकारी संस्था र संघलाई एउटै परिभाषामा राखकोले अन्यौल सृजना भएको भन्दै त्यो छुट्टिनुपर्ने बताउनुभएको छ । आज केन्द्रीय बैंकसँगको छलफलमा उहाँले भन्नुभयो, 'राष्ट्र बैंकको निर्देशन तथा मापदण्डमा प्रारम्भिक सहकारी संस्था र संघलाई एउटै परिभाषामा राखेर हेर्दा अन्यौल उत्पन्न भएको छ । सहकारी ऐन, २०७४ (संशोधित) लाई क्रस गरेर राष्ट्र बैंकले निर्देशन जारी गरेको हुँदा त्यसमा थप परिभाषा आवश्यक छ ।' अध्यक्ष ढकालले एउटै परिभाषाले सृजना गरेको अन्योल निवारण आवश्यक भएको धारणा राख्नुभयो ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ का केही बुँदाहरूले सहकारी अभियानमा प्रतिकूल प्रभाव पार्ने देखिएको भन्दै राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा पुगेको एक टोलीसँगको भेटमा उहाँले आफ्नो धारणा स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, 'सदस्यको पनि परिभाषा गरौं, संस्थाको पनि परिभाषा गरौं, सेयरको पनि परिभाषा गरौं ।'
नेफ्स्कून अध्यक्ष ढकालले भन्नुभयो, 'मुख्य कारोबारको विषयमा डेफिनेसन आवश्यक भइसक्यो, यसमा धेरै डिबेट भयो । के हो त मुख्य कारोबार ? बचत ऋणको मुख्य कारोबार भनेको बचत ऋणको सर्टिफिकेट भएका संस्थाहरुलाई मात्रै मानेर जानुपर्ने होलानि, यदि होइन कारोबारको विषय हो भने पनि सर्टिफिकेशन विधि बनाउनुपर्ने होला, त्यसतर्फ बहस आवश्यक छ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com