काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा आज सम्पन्न चौंथो अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता २०८२ मा प्रज्ञा सदन स्कूल प्रथम भएको छ । प्रज्ञा सदन स्कूलले यो समेत गरी ३ पटक उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरी किर्तिमान कायम गरेको छ ।
यसैगरी, प्रतियोगितामा प्रारम्भ एकेडेमी द्धितीय भएको छ भने पुष्प वाटिका स्कूल तृतीय भएको छ । प्रतियोगिता अन्तर्गत दुई सान्त्वना पुरस्कार गोकर्णेश्वर लाइट एकेडेमी र श्रीयन्त्र एजुकेशन फाउन्डेशन स्कूलले हात पारेका छन् ।
विजयी विद्यालयका प्रतियोगीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डे र आयोजक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष डा. जयराम वाग्ले र प्रधानाध्यापक मणिराम वाग्ले लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, मुख्य निर्णायक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक वाग्लेद्वयले मुलुकको कला संस्कृति र लोकनृत्य संरक्षणमा निजी विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनीहरुले राज्यले संरक्षण र प्रवर्धनमा जोड दिन नसके पनि निजी स्कूलहरुले लोक संस्कृति, संगीत, नृत्य आदिले यस खालका कार्यक्रमहरु गरी योगदान गरेको चर्चा गरे । उनीहरुको भनाइ थियो, ‘यस प्रकारको प्रतियोगितात्मक नृत्य कार्यक्रम केवल मनोरञ्जन मात्र नभइ महत्वपूर्ण प्रयोगात्मक एवम् सिकाइ हो ।'
प्रतियोगिताको निर्णायकद्वयमा कोरियोग्राफरहरु प्रकाश भट्ट र रविन रिजाल रहेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com