Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

पोखरा रोयल साकोस: सदस्य बन्यो कर्जा सूचना केन्द्रमा, वित्तीय जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास

पोखरा रोयल साकोस: सदस्य बन्यो कर्जा सूचना केन्द्रमा, वित्तीय जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास

काठमाडौं । कास्कीको पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले पनि कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता प्राप्त गरेको छ ।

केन्द्रले पोखरा रोयल साकोसलाई  इन्स्टिच्युसनल कोड ११ प्रदान गरेको छ । केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सदस्यता आव्हान गरेको थियो ।

केन्द्रले पोखरा रोयल साकोसलाई सदस्यता प्रदान गरेको आधिकारिक पत्र पठाउँदै अन्य बैंक वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहेको जनाएको छ।

पोखरा रोयल साकोसका सूचना अधिकारी मिलन ढकालले सबै प्रक्रिया पूरा गरी माघ ८ गते अनुरोध गरिएकोमा आज सदस्यता प्राप्त गरेको पत्र प्राप्त भएको जानकारी गराए । कर्जा सूचना केन्द्रको सदस्यता संस्थाले प्राप्त गरेको बताउँदै ढकालले सहकारीमा पनि खासगरी वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुको ऋण लगानी सुरक्षित गर्न, जोखिम व्यवस्थाप गर्न, सदस्यहरुको बचत संरक्षण गर्न, वित्तीय स्थायित्व कार्यम गर्न र समग्र क्षेत्रप्रतिको विश्वास, इमानदारी र पारदर्शिता कायम गर्न मद्दत पुग्ने बताए । कर्जा सूचना केन्द्रमा आवद्ध हुन पाउनुपर्ने सहकारीहरुको लामो समयदेखिको माग पूरा भएको पनि उनले बताए । 

केन्द्रसँग आबद्धतासँगै सहकारीको कर्जा सूचना प्रणाली वैज्ञानिक, व्यवस्थित र चुस्त हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्यूनीकरणमा मद्दत पुग्ने ढकालको भनाइ छ । 

यसले पोखरा रोयल साकोसप्रति सदस्यहरूको विश्वास अभिवृद्धि हुने उनले बताए ।  

कर्जा सूचना केन्द्र लिमिटेडले सञ्चालनमा ल्याएको “सदस्यता संस्था(हरू) दर्ता प्रणाली (Membership Institution(s) Registration System – MIRS)” प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाट सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन पेश गर्दा कर्जा सूचना केन्द्र लिमिटेडलाई सम्बोधन गरिएको आवेदन पत्र, सञ्चालक समितिको निर्णय/स्वीकृति पत्र, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) को दर्ता पत्र, सहकारी दर्ता प्रमाणपत्र तथा PAN दर्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

सदस्यता दर्ता शुल्क ११३० रुपैयाँ (VAT सहित) तोकिएको छ। सहकारी सदस्यता दर्ताका लागि https://mirs.cibnepal.org.np/ लिंक प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ।

अब सहकारी संस्थाहरुले ऋण नतिर्ने ऋणीहरुलाई कालो सूचिमा राख्न सक्नेछन् । सहकारीहरुले पनि बैंक तथा वित्तीय संस्था सरह कर्जा सूचनाहरुको आदान प्रदान गर्न सक्नेछन् ।

थप जानकारी, स्पष्टीकरण वा प्राविधिक सहयोग आवश्यक परे cooperative@cibnepal.org.np मा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ।

सहकारी ऐन, २०७४ (२०८१ मा संशोधित दफा ८१ र १०१) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिनु अनिवार्य गरेको छ।

WhatsApp Image 2026-02-02 at 11.14.29.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार