Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अकूको कोषाध्यक्ष चुनिएका चन्द्र ढकालको दाबी-महत्वपूर्ण अवसरको सदुपयोग गर्नेछु

अकूको कोषाध्यक्ष चुनिएका चन्द्र ढकालको दाबी-महत्वपूर्ण अवसरको सदुपयोग गर्नेछु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एशियाली बचत तथा ऋण सहकारीहरुको क्षेत्रीय छाता संघ एशियाली ऋण महासंघ (अकू) को कोषाध्यक्ष पदमा चयन भएका छन् । अकूको पछिल्लो निर्वाचनबाट उनी वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । अकूका अध्यक्ष किम योनसिकले दक्षिण कोरियाली क्रेडिट युनियन संघ (नाकूफोक) मा आफ्नो कार्यकाल पूरा गरेसँगै अकू अध्यक्षबाट आज राजीनामा गरेपछि ढकालका लागि माथि उक्लदै कोषाध्यक्ष बन्ने अवसर प्राप्त भएको हो ।

अकूको विनियम अनुसार अध्यक्षमा भने थाइल्याण्डको क्रेडिट युनियन फेडेरेशन एफएससीटीका मेजर जेनेरल दानुकृत कालाम्पाकोर्न चुनिएका छन् । यसअघि उनी प्रथम उपाध्यक्ष थिए । ओकू बोर्ड ५ सदस्यीय रहेको छ । थाइल्याण्डको राजधानी बैंककमा आज सम्पन्न अकू सञ्चालक समितिको ११९औं बैठकमा अध्यक्ष किम योनसिकले राजीनामा गरेका थिए भने नयाँ सञ्चालक समिति घोषणा गरिएको थियो । नयाँ सञ्चालक समितिले अब सात महिना काम गर्न पाउने छ । यो सञ्चालक समितिको पदावधि सन् २०२६ को सेप्टेम्बरमा सकिनेछ ।

यसैबीच, कोषाध्यक्ष चुनिएका नेफ्स्कून अध्यक्ष ढकालले अकू बोर्डमा प्राप्त महत्वपूर्ण जिम्मेवारीलाई महत्वपूर्ण अवसरका रूपमा लिदैं त्यसको भरपूर सदुपयो गर्ने बताए । एशियाली बचत ऋण सहकारीको अभिभावक संघ ओकू आफैमा लिगेसी बोेकेको र नेपालको साकोस अभियानसँग अन्योन्याश्रित हिसाबले गाँसिएको भन्दै अब ओकू बोर्डमा रहेर नेपालको अभियानको विश्वव्यापीकरणमा भूमिका खेल्ने उनले बताए ।

ढकालले भने, 'समय थोरै छ, तर पनि मेरो बुताले भ्याएसम्म नेपालको साकोस अभियानका लागि थप अवसरहरुको सृजनामा कसरत गर्नेछु । नेपालको साकोस अभियानले यो अवसरबाट धेरै भन्दा धेरै लाभ लिने वातावरण निर्माणमा जुट्छु ।' कोषको अध्यक्षको रुपमा आफ्नो तोकिएको जिम्मेवारीसँगै नेफ्स्कून र अन्य एशियाली मुलुकका फेडेरेशनहरुसँगको सम्बन्ध सुधार र हित अभिवृद्धिमा काम गर्ने ढकालले योजना सुनाए ।

यसअघि, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे अकूको अध्यक्ष चयन भएका थिए । घिमिरे र ढकाल उही प्रक्रियाबाट अकू बोर्डमा चुनिएका हुन् । त्यस्तै, नेफ्स्कूनका पूर्व अध्यक्ष मिनराज कडेल पनि अकूको द्धितिय र प्रथम उपाध्यक्ष चुनिएका थिए ।

627124129_1306451881289434_7972162715987411157_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार