ऋण तिर्न ऋणकै भर
काठमाडौं । सार्वजनिक ऋणको आकार पौने २७ खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण बढेर २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आव वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो ।
हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को ४६ दशमलव ९१ प्रतिशत बराबर हो । विनिमय दरमा भएको घटबढले पुसको तुलनामा यस महिना ६६ अर्ब २९ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०।८३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४९।१६ प्रतिशत रहेको छ ।
फागुन मसान्तसम्म सरकारले दुई खर्ब एक अर्ब ७२ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ र ब्याज वापत ४२ अर्ब ७४ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।
चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा फागुन मसान्तसम्ममा बढेर १३ खर्ब १५ अर्ब ५७ करोड पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २३ शमलव ०६ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले दुई खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा एक खर्ब ३४ अर्ब ४७ करोड बराबर ऋण तिरेको छ ।
त्यस्तै, फागुन मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो ।
यस अवधिमा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा २४ अर्ब ५० करोड खर्च गरेको छ भने यहि अवधिमा ६५ अर्ब ४७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २३ दशमलव ८५ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा फागुन मसान्तसम्ममा तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो । जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१।५६ र ३०।१७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको छ । फागुन मसान्तसम्ममा दुई खर्ब एक अर्ब ७२ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।
यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ५० दशमलव ०८ प्रतिशत बराबर हो । जिडिपीको आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com