Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी मोडलमा 'भारत ट्याक्सी' सेवा शुरु गरिंदै; सहकारिता मन्त्री अमित शाहले आज उद्घाटन गर्ने

सहकारी मोडलमा 'भारत ट्याक्सी' सेवा शुरु गरिंदै; सहकारिता मन्त्री अमित शाहले आज उद्घाटन गर्ने

काठमाडौं । भारत सरकारले सहकारीमार्फत यातायात क्षेत्रमा क्रान्ति ल्याउने दाबीसहित आज (५ फेब्रुअरी २०२६) बाट 'भारत ट्याक्सी' सेवा सञ्चालनमा ल्याउँदैछ । उक्त सेवाको आज औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम राखिएको भारतीय सहकारिता मन्त्रालयले जनाएको छ । सहकारितामार्फत सर्वसुलभ यातायात पहुँच विस्तारमा भारत ट्याक्सी कोशेढुङ्गा सावित हुने जनाइएको छ ।

यसको विशेषता भनेको महिला यात्रुका लागि महिला चालकको व्यवस्था गरिनेछ जसले यात्रालाई सुरक्षित र सहज बनाउने विश्वास लिइएको छ । यसैगरी अनलाइन ट्याक्सी बुकिङ लगायत प्रविधिमा आधारित सेवा उपलब्ध हुने जनाइएको छ । उक्त सेवा औपचारिक शुभारम्भ हुनुअघि नै हालसम्म २ लाख ५० हजार ट्याक्सी चालकहरु  भारत ट्याक्सीमा आवद्ध भैसकेका छन् । नयाँ दिल्लीस्थित विज्ञान भवनमा केन्द्रीय गृह एवम् सहकारिता मन्त्री अमित शाहले सहकारी ट्याक्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय समय अनुसार दिउँसो साढे २ बजे उक्त सेवाको उद्घाटनको कार्यक्रम तय गरिएको छ ।

यस अन्तर्गत अब ट्याक्सी चालकहरु स्वयं मालिक बन्नेछन् र उनीहरुले यात्रुहरुलाई डिजिटल, पारदर्शी र सुरक्षित सेवा प्रदान गर्ने विश्वास भारतीय सहकारिता मन्त्रालयले लिएको छ । भारतले सहकारीमार्फत समृद्धिको परिकल्पनासहित यो क्षेत्रको विकास लागि विभिन्न नीतिगत निर्णयहरु गर्दै अभियानको रुपमा अघि बढाउँदै लगेको छ । भारतमा हाल ३० भन्दा बढी क्षेत्रमा काम गर्ने साढे ८ लाख बढी सहकारी समितिहरु छन् ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार