Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्दै रौतहटको नवविकास साकोस

माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्दै रौतहटको नवविकास साकोस

काठमाडौं । रौतहटको चन्द्रपुर-४ स्थित नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोलि माघ २३ गते शुक्रबार मावि स्तरीय (कक्षा ११ र १२) हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दैछ । नवविकास साकोसले एसएमटी ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिसेजसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाईले बताए ।

प्रतियोगितामा चन्द्रपुर नगरपालिका अन्तर्गतका सबै खाले विद्यालयहरु सहभागी हुनसक्नेछन् । आजसम्म ९ वटा विद्यालयबाट सहभागिता निश्चित भैसकेको प्रसाइले जनाए ।

समुदायमा आधारित सदस्य केन्द्रित नवविकास साकोसले युवाहरुलाई सहकारीप्रति आकर्षण बढाउन र उनीहरुको सक्षमता अभिवृद्धिका लागि विगत ३ वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । भोलि बिहान साढे १० बजे गोल्डेन ब्याङक्वेटमा आयोजना हुने उक्त प्रतियोगिताको चौथो संस्करण अन्तर्गत विजयी विद्यालयहरु प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने मुख्य व्यवस्थापक प्रसाईले जानकारी गराए ।

628091850_931354789591141_1258338467460494992_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार