भक्तपुर, २०८२ माघ २३ गते । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने अनुपालना अधिकारीको क्षमता विकास तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारीलाई जारी निर्देशनहरुको कार्यान्वयन तहसम्म पुग्न र पुर्याउन सहकारी अभियान र नियामक निकाय मिलेर अघि बढ्नुको बिकल्प नभएको बताए । सहकारीले गरेका सकारात्मक परिवर्तनलाई संस्थागत गरी सहकारी योगदानको लेखाजोखामा कमजोरीका कारण सहकारीप्रति गलत सन्देश फैलिरहेको उनले बताए । उनले सहकारी संस्थामा ऐन, कानुन, विनियमको परिपालनालाई भन्दा पनि व्यवहारलाई प्राथमिकता दिदाँ समस्या बढेको बताए । उनले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण समयमै गर्न र सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु प्रभावकारी ढंगबाट पालना गर्न समेत अनुरोध गरे ।
संघका सचिव कान्छा भक्त घजुले सहभागीहरुलाई धन्यवाद दिदैं सहकारी अभियानको दिगो विकासका लागि सहकारी मैत्री ऐन नियमको पारिपालना गर्नुपर्नेमा जोड दिए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजूले कार्यान्वयन अधिकारीलाई कार्यान्वयन अधिकारीको मात्र कार्य विवरण नदिईकन समग्र सहकारीकै कार्यविवरण समेटिँदा कार्यान्वयन अधिकारीको कार्य ओझेलमा पर्न गएको बताए ।
नेपाललाई ग्रे लिष्टबाट अपग्रेड गर्नको लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गर्दै आएको छ र त्यसको लागि सहकारीहरुले पनि आफ्नो दायित्व पुरा गरी सहयोग गर्नुपर्ने विचार उनले राखे । उनले सहकारीमा अनुपालना अधिकारीले मात्र सम्पत्ति शुद्धिकरण निवारणको बारेमा सुसूचित भएर नपुग्ने बरु सहकारीका संचालक र सदस्यहरुले पनि यस विषयमा तालिम लिनुपर्ने उल्लेख गरे ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहजीकरण गरेको उक्त तालिममा संघमा आवद्ध संस्थाहरुमध्ये ४७ जना अनुपालक अधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपसमितिका सदस्य प्रकाश बास्तोलाले सञ्चालन गरेका थिए । सदस्य संस्था जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अर्जुन कुमार बस्नेत र चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारी यमुना फुँयालले अनुपालक अधिकारीहरुको काम, कर्तव्य र अधिकारका साथै न्यब्m िको प्रयोगात्मक प्रशिक्षण समेत भएकोमा खुशी व्यक्त गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com