Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'पहिलोपटक विश्वमेध महायज्ञ आयोजना गर्ने नेपाल विश्वमै भाग्यशाली मुलुक'

'पहिलोपटक विश्वमेध महायज्ञ आयोजना गर्ने नेपाल विश्वमै भाग्यशाली मुलुक'

काठमाडौं । परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजले विश्वमै पहिलोपटक 'विश्वमेध महायज्ञ' आयोजना गर्ने नेपाल भाग्यशाली मुलुक भएको बताउनुभएको छ ।

आज महायज्ञको समापनमा उहाँले भन्नुभयो, ‘‘विश्वमै भाग्यशाली मुलुक नेपाल हो किनकि विश्वमेध यज्ञ अहिलेसम्म अन्त कहीं भएको छैन । म भारतमा बस्छु जो आफैंमा पुण्यभूमि हो तर विश्वमेध यज्ञ आयोजनाको श्रेय नेपाललाई नै प्राप्त भयो ।’ विश्वमा अन्त कतै यो यज्ञ नभएको उहाँले बताउनुभयो ।

आगम परम्पराभित्र रही पहिलोपटक नेपालको काठमाडौंमा विश्वमेध महायज्ञ सम्पन्न भएको भन्दै महाराजजीले भन्नुभयो, ‘विना कुनै विघ्न महायज्ञ समापन भएको छ । यसमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।’

सत्ययुगमा भगवान दतात्रेयले गरेको विश्वमेध महायज्ञमा परशुराम, बशिष्ठ, दुर्वासा आदि सहभागी भएको बताउँदै उहाँले कलियुगमा भने नेपालमै पहिलोपटक सफल आयोजना गरेर नेपालले पुण्य कमाएको बताउनुभयो ।

DSC08693_11zon.jpg
undefined

नेपालमा शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले आयोजित उक्त महायज्ञ परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजीको सत्संकल्पमा २०८२ माघ २३ गते देखि आज फागुन ४ गते सम्म पवित्र पाशुपत क्षेत्र अन्तर्गत वनकालीस्थित वेद विद्याश्रमको प्राङ्गणमा आयोजना गरिएको हो । महायज्ञ सफल हुनु सकारात्मक भएको महाराजजीले बताउनुभयो । यसले नेपालको हरक्षेत्रमा उन्नति प्रगति गर्दै शान्ति र समृद्धि ल्याउन मद्दत पुर्याउने उहाँले दाबी गर्नुभयो ।

महाराजजीले भन्नुभयो, ‘अन्य विविध प्रकारका यज्ञहरु भैरहेपनि विश्वमेध महायज्ञ भने कहीकतै नभएको र यो अतिनै दुलर्भ र कठिन पनि भएकाले सबैसँग विचार विमर्शपछि पशुपतिनाथ मन्दिरको काखमा यो वर्ष गर्ने निधो गरिएको थियो । र, आज हामीले सफलतापूर्वक सम्पन्न गर्यौं । यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’ खासगरी प्युठानको स्वर्गद्वारी आश्रमका पीठाधीश डा. स्वामी रुद्रानन्द ब्रह्मचारी (ध्रुबश्री), विक्रम पाण्डे आदिको सहयोग उहाँले स्मरण गर्नुभयो ।

DSC08453_11zon.jpg
undefined

आगम मार्ग (विद्या) र ग्रन्थबारे भारतको काशी लगायत विभिन्न स्थानमा विद्धत गोष्ठीका प्रवचक महाराजजीले भन्नुभयो, ‘आगमका विद्धानहरुको कमी हूँदै गएको छ । छैनन् नै भनेपनि हुन्छ । साधनाको पाटोमा त झन् छदैछैनन् भने पनि हुन्छ । भारतमा र नेपालमा पनि यस्तै छ ।’

नेपाल तथा तिब्बतमा समेत ज्ञान प्राप्त गनुृभएका महाराजजीले गत वर्ष नै महायज्ञ गर्ने तयारी भएपनि विविध कारणले धकेलिएको भन्दै महाराजजीले यो वर्ष सबै साधक लगायतको साथ सहयोगले नेपालजस्तो पवित्र पुण्यभूमिमा महायज्ञ आयोजना गर्न सम्भव भएको बताउनुभयो । 

DSC08409_11zon.jpg
undefined

महाराजजीले नेपालमा युवाहरुको विदेश पलायनदेखि भ्रष्टाचार र राजनीतिक अस्थिरताको प्रसङ्ग समेत उठाउँदै उहाँले इमानदार सरकारको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘त्यही भएर नजिकिएको आम निर्वाचनमा तपाईंहरुले सोचविचार गरेर मतदान गर्नुहोला । असल व्यक्तिहरु निर्वाचित गर्न नसक्दाको परिणाम नेपालले अहिले भोगिरहेको छ । त्यसैले अब मतदान अघि सोचविचार गर्नुहोला ।’

आफू बारम्बार नेपाल आइरहने र साधनाको मार्ग नेपालबाटै मिलेको बताउँदै उहाँले यहाँका समस्याहरुप्रति उहाँले चिन्ता र चासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालसँग मेरो पुरानो प्रेम हो । हुनसक्छ पुर्वजन्मको संस्कार पनि हो । पुर्वजन्ममा शायद नेपालमै जन्म लिएको हुनसक्छ । त्यही भएर पनि विश्वमेध यज्ञ पनि पहिलोपटक नेपालमै सम्पन्न भयो ।’

DSC08618_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार