Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रधानमन्त्रीद्वारा निर्वाचन सुरक्षा अवस्थाबारे सुरक्षा निकाय प्रमुखहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा निर्वाचन सुरक्षा अवस्थाबारे सुरक्षा निकाय प्रमुखहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिनुभएको छ ।

त्यस अवसरमा सम्भावित चुनौती र जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता, कडा निगरानी तथा प्रभावकारी समन्वयका साथ सबै संयन्त्र परिचालित भएको जानकारी सुरक्षा निकायका प्रमुखहरुले गराउनुभएको थियो । सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको निष्कर्ष उक्त बैठकले निकालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी राख्दैन । सम्पूर्ण नागरिकमा ढुक्क र निर्भयसाथ आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु। हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । 

सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार