Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अमेरिकाद्वारा १४ मुलुकमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह

अमेरिकाद्वारा १४ मुलुकमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह

काठमाडौं ।अमेरिकाले मध्यपूर्वमा युद्ध बढेसँगै विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ । युद्धका कारण सुरक्षा चुनौती निक्कै बढेकाले आफ्ना नागरिकहरुलाई सुरक्षित रुपमा स्वदेश फर्कन अमेरिकाले आग्रह गरेको हो । त्यस्ता नागरिकहरुका लागि अमेरिकाले सम्पर्क नम्बर पनि दिएको छ । गत शनिबार इरानमा इजरायल र अमेरिकी हमलापछि सर्वोच्च नेता मारिएपछि इरानले जवाफी हमला गर्दा अरब देशका अमेरिकी सैन्य शिविरमा प्रहार गरिएको थियो । अहिले पनि हमलाका खबर दुवैपक्षबाट आइरहेका छन् ।

अमेरिकाले बहराइन, इजिप्ट, इरान, इराक, इजरायल (वेस्ट बैंक, गाजा), जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, यमन र यूएईमा रहेका नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार