Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

६० प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

६० प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

काठमाडौं।  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज फागुन २१ गते सम्पन्न मतदानमा देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगको रहेको छ । निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको पत्रकार सम्मेलनमा बताउनुभयो ।

‘मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भयो,’ कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रेस व्रिफिङमा भन्नुभयो, ‘देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’ 

बिहीबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय दिइएको थियो। देशभरि कुल २३,११२ मतदान केन्द्र र १०,९६७ मतदान स्थलहरू तोकिएका थिए। केही मतदान केन्द्रमा मतदानको प्रक्रिया जारी रहेकोले यो संख्या बढ्ने उहाँको भनाइ थियो । यसपटक निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।

646363573_4323850801191239_100113315978719150_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार