काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १० हजारभन्दा बढी परियोजना प्रस्ताव प्राप्त गरेको छ । सातै प्रदेशका ७७ जिल्ला र ७१३ स्थानीय तहबाट ती प्रस्ताव आएको मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८६ करोड रुपैयाँ बजेटअन्तर्गत ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने कार्यक्रम कार्यान्वयनमा रहेको छ।
स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत कार्तिक १९ गते प्रस्ताव आह्वान गरेको थियो। तोकिएको समयभित्र कुल १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएका छन्, जसमा २ हजार ४१ भौतिक र ८ हजार २०३ विद्युतीय माध्यमबाट पेश गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिष्ठानले विषयगत विज्ञसहितको मूल्याङ्कन समितिमार्फत परियोजनाहरूको अध्ययन तथा मूल्याङ्कन गरिरहेको छ। साथै, प्रारम्भिक छनोटका लागि एआई आधारित स्क्रिनिङ सफ्टवेयर प्रयोग गरिएको छ, जसबाट करिब ८० प्रतिशतसम्म शुद्धता प्राप्त हुने विश्वास गरिएको छ।
परियोजनाको भौतिक अवस्थाको यथार्थ परीक्षणका लागि स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्तामार्फत स्थलगत निरीक्षण गरिएको छ। सहजकर्ताले परियोजनाको विवरण, तस्वीर र करिब एक मिनेटको भिडियोसहितको प्रतिवेदन प्रतिष्ठानमा पेश गरेका छन्।
मन्त्रालयका अनुसार कार्यविधिको मापदण्ड पूरा गरेका प्रस्तावहरूलाई प्रारम्भिक सूचीमा समावेश गरी सार्वजनिक गरिनेछ। व्यावसायिक प्रस्तुतीकरण प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले स्थलगत प्रतिवेदन, फोटो, भिडियो र कागजातका आधारमा मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ।
मूल्याङ्कन समितिले कार्यविधिको अनुसूची–५ अनुसार अङ्क प्रदान गर्नेछ, जसमा व्यावसायिक प्रस्तुतीकरणबाहेकका सूचकलाई आधार बनाइनेछ। प्रारम्भिक सूचीमा परेका परियोजनाहरूको बैंकमार्फत क्रेडिट जाँच गरी ५० अङ्कभन्दा बढी प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकताका आधारमा कर्जाका लागि सिफारिस गरिने मन्त्रालयले जानकारी गराएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com