Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

आउँदो बजेटमा निर्यातमुखी कार्यक्रम विस्तार गर्न सरोकारवालाहरुको सुझाव

आउँदो बजेटमा निर्यातमुखी कार्यक्रम विस्तार गर्न सरोकारवालाहरुको सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियामा निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाले बताएका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा निर्यातकर्ता, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि र वस्तुगत महासंघका सरोकारवालाहरूले निर्यात वृद्धि उन्मुख नीतिगत व्यवस्थालाई सुदृढ गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यात क्षेत्रको अपेक्षा र चुनौतीलाई बजेटमार्फत सम्बोधन गर्दै समग्र निर्यात क्षमतामा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित बजेटपूर्व छलफल गरिएको बताउनुभयो । यसैगरी,  निराजनबहादुर चलाउनेले निर्यातसम्बन्धी कार्यक्रमहरूको आकार र दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्यातकर्ताले भोग्दै आएका व्यावहारिक समस्यालाई प्राथमिकतामा राखी बजेटमार्फत समाधान खोज्नुपर्ने धारण राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार