काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग आज भएको भेटमा उहाँले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट कुनै किसिमको हैरानी हुन नहुने अवस्था बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले उद्योग–व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था र सहजीकरण सम्बन्धमा निजी क्षेत्रबाट सुझाव मागिने पनि उल्लेख गर्नुभयो । यस्तै, नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्तालाई आफूले बुझेको उल्लेख गर्दै तत्काल त्यस्तो अवस्था नआउनेमा आश्वस्त तुल्याउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com