Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सरकार अभियान संयुक्त सहभागितामा सहकारी दिवस मनाइने

सरकार अभियान संयुक्त सहभागितामा सहकारी दिवस मनाइने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवस सरकार र सहकारी अभियानको संयुक्त पहलमा चैत २० गते सन्देशमूलक र प्रभावकारी ढंगमा रूपमा मनाइने जनाएको छ । यो वर्ष अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेत भएका कारण उक्त महाउत्सवलाई समेत जोडेर आसन्न सहकारी दिवस मनाउन लागिएको महासंंघले जनाएको छ ।

महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा चैत ५ गते केन्द्रीय सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंक, बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेका जिल्ला संघ तथा जिल्लास्तरीय संघहरूको उपस्थितिमा एक महत्वपूर्ण अन्तक्र्रिया सम्पन्न भयो ।

यस वर्षको राष्ट्रिय सहकारी दिवस “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने थीमका साथ मनाइँदैछ । ‘यस अभियानको उद्देश्य सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन, सामाजिक उत्तरदायित्व जस्ता मूल्य–मान्यतामा आधारित बनाई नेपाली समाजको समृद्धि र समान अवसरयुक्त आर्थिक विकास मा टेवा पु¥याउनु हो ।’ अध्यक्ष मल्लले बताइन् ।

सहकारी आन्दोलनलाई सशक्त बनाउन सरकार र सहकारी क्षेत्रको सहकार्य अपरिहार्य भएकाले यसपटकको दिवसलाई सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने गरी व्यापक रूपमा मनाउने सो अन्तक्रियाको निस्कर्ष रहेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको संयोजकत्वमा र महासंघका अध्यक्ष ओमदेवी मल्लको सह–संयोजकत्वमा मूल समारोह समिति गठन गर्ने विषयमा समेत  गहन विमर्श भएको थियो । कार्यक्रममा महासंघका उपाध्यक्षहरू खेम पाठक, डिबी बस्नेत, इन्दिरा पन्त, सञ्चालकहरू टेकप्रसाद चौलागाईं, परितोष पौड्याल, सुमन नेपाल, तथा महासंघका महाप्रबन्धक सुरेश थापा को उपस्थिति रहेको थियो ।

नेपालको सहकारी अभियानलाई आर्थिक स्थायित्व, सामाजिक समावेशिता, तथा समुन्नत समाज निर्माणको आधारशीला बनाउने लक्ष्यका साथ यस वर्षको दिवस नीतिगत सुधार, सशक्त सहकारी प्रवद्र्धन, र सहकारीहरूबीच समन्वयात्मक विकास मा केन्द्रित गरिनुपर्ने सहभागिहरुले सुझाव दिएका थिए । यस अभियानलाई प्रभावकारी बनाउन सरकार, सहकारी संघ–संस्थाहरू, सहकारी सदस्यहरू, नीति निर्माता, तथा नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको महासंघले जनाएको छ ।
 भागितामा सहकारी दिवस मनाइने

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार