Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अन्तर्राष्ट्रिय आरोग्यता दिवस भव्य रुपमा मनाउने तयारी

अन्तर्राष्ट्रिय आरोग्यता दिवस भव्य रुपमा मनाउने तयारी

काठमाडौं । अन्तर्राष्ट्रिय आरोग्यता दिवस आउँदो नयाँ वर्ष २०८३ वैशाख २ गते (अप्रिल १५) भव्य रुपमा मनाउने तयारी गरिएको छ । त्यसका सम्बन्धमा ३१ सदस्यीय उच्चस्तरीय आरोग्य दिवस आयोजक समितिको प्रथम बैठक आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसी आवश्यक छलफल गरेको छ । उक्त दिवस संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्रलगायत सबै सरोकारवालाको सहभागितामा मनाउने गरी तयारी भएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय आरोग्यता दिवस नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले घोषणा गरेका कारण पनि यसको महत्व अझ बढी रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपालकै प्रयासमा आगामी अप्रिल १५ देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइनु गर्वको विषय भएको सहभागीहरुले बताएका छन् । नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाउन लागिएको हो । महासभाले गत फागुनमा उक्त प्रस्तावलाई भारी मतका साथ पारित गरेको थियो । 

अघिल्लो सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मन्त्री पद ग्रहण गर्नुभएको दिन उक्त प्रस्ताव महासभामा लैजाने पहिलो निर्णय गर्नुभएको थियो । प्रस्तावमाथि छलफल भएर पारित गर्नका लागि भएको आह्वानमा छिमेकी मुलुक चीन र भारतसहित ४० मित्रराष्ट्र मुलुकले समर्थन जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार