काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब कास्की (सिएमसी कास्की) ले सहकारीमा फिट एण्ड प्रपर टेष्ट विषयमा तालिम सञ्चालन गर्दैछ । सिएमसी कास्की तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा तालिम आज बैशाख ९ गते मंगलबार दिउँसो २ बजेबाट तालिम सञ्चालन हुने जनाइएको छ ।
सहकारीको सञ्चालक समितिमा योग्य, उच्च नैतिक एवम् सार्वजनिक छविसहित सामाजिक पुँजी आर्जन गरेका, सहकारी सञ्चालन पद्धतिबारे व्यावहारिक ज्ञान भएका र यसका विशिष्ट मूल्य, मान्यता र सिद्धान्तको परिपालनाप्रति प्रतिबद्ध र सुशासित, स्वयंसेवी भाव भएका एवम् समय व्यवस्थापन गर्न सक्ने व्यक्तिहरुलाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउन अभिप्रेरित गर्ने विषय फिट एण्ड प्रपर टेष्टको उद्देश्य हो ।
योग्य र सही व्यक्ति सहकारी सञ्चालक बन्दा संस्थागत वृद्धि तथा विकास हुने भएकाले पछिल्लो समय फिट एण्ड प्रपर टेष्टको विषयले सहकारी अभियानमा चर्चा पाएको छ भने केही सहकारीहरुले यसको अभ्यासको विधि पद्धति स्थापित गरिसकेका छन् ।
कास्कीका सहकारीहरुमा पनि फिट एण्ड प्रपर टेष्टबारे थप जागरण फैलाउने र यसका विविध विषयमा प्रष्ट पार्ने उद्देश्यले सिएमसी कास्कीले तालिम आयोजना गरेको जनाएको छ । तालिममा संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखको सहभागिताका लागि सिएमसी कास्कीले हार्दिक अनुरोध गरेको छ । तालिम सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले गर्नुहुनेछ ।
जिल्लाको सहकारी व्यवस्थापन समूहको प्राविधिक क्षमता विकासमा लुज फोरमको रुपमा सिएमसीए कास्कीले निरन्तर कामहरु गर्दै आएको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com