काठमाडौं । नववर्ष २०८३ को पावन अवसरमा वैदिक अनुसन्धान गुठीद्वारा सञ्चालित वाग् गुरुकुलम्ले आजबाट १५ दिने स्वामीजीसँग संस्कार शिक्षा कार्यक्रम शुरु गरेको छ । वार्षिक परीक्षा सकिएका बालबालिकाहरुको फुर्सदको समयमलाई संस्कार शिक्षा सिकी सदुपयोग गर्न सहयोग गर्ने उद्देश्यले यो कक्षा सञ्चालन गरिएको हो ।
संस्कार शिक्षामा सहभागिताका लाागि प्रातःकालीन नित्य कर्म पूरा गरेको, नातनीरनेपाली पोशाक धारण गरेको, टीका, चन्दन आदि धारण गरेको, माता, पिता वा अभिभावक साथमा भएको हुनुपर्ने छ भने भन्दै कापी कलम र अध्ययन गर्ने पुस्तक व्यवस्था स्वयंले गर्नुपर्ने गुरुकुलमले जनाएको छ । कक्षा बिहान ७ बजेखि ८ र ८ बजेदखि ९ साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । बालबालिकाहरुले काठमाडौंको गौरीघाटस्थित वाग् गुरुकुलम्मा डा.स्वामी केशवानन्द गिरिबाट सनातन संस्कार शिक्षा सिक्ने अवसर प्राप्त गर्नेछन् ।
नव्यव्याकरण विषयमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि पूरा गर्नुभएका गिरी पछिल्लो समय पूर्वीय दर्शनलाई प्रविधिसँग जोडेर आममानिसलाई पठनपाठनमा सहजता बनाउने अभियानमा लाग्नुभएको छ । उहाँले चार लाख शब्द समावेश भएको संस्कृत– नेपाली विद्युतीय शब्दकोश सार्वजनिक गर्नुभएको छ जसमार्फत पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्ने काम उहाँले गर्नुभएको छ ।
के हो सनातन संस्कार शिक्षा; यो किन सिक्ने ?
स्वामीजी भन्नुहुन्छ, ‘सनातन संस्कार शिक्षा पवित्र कार्य हो । संस्कारले व्यक्तिलाई समुन्नत बनाउँछ । आफ्नो अस्मिताको आभाष गराउँछ । संस्कारले व्यक्तिलाई परमात्मासँग जोड्छ ।’ त्यसैले व्यक्तित्व निर्माणको सर्वोच्च आधार संस्कार भएको उहाँले भिडियो सामाग्रीहरुमा बताउँदै आउनुभएको छ ।
‘जीवन र जगतको खाका कोर्न संस्कार शिक्षाले सिकाउँछ, स्वामीजी भन्नुहुन्छ, ‘मानवीय मूल्यको विराट आयाममा डुबुब्ली लगाउन सिकाउँदछ । संस्कार शिक्षाले तिमीलाई आफ्ना मातापिताको चरणमा झुकाउँछ । आफ्नो देशको माटोको सुगन्ध सुघाउँछ । मातृभूमिका नदीनाला, तिर्थपर्वत आदिप्रति शिर झुकाउन सिकाउँछ । तिमी जन्मे हुर्केको तिमी बढेखेलेको हरेक पलसँग तिमीलाई जोडिरहन सिकाउँछ ।’ त्यति मात्र नभई संस्कार शिक्षाले विभिन्न देवीदेवताका ध्यान, स्तुति एवम् वन्दनाबाट आफूलाई परमात्माको निकट बनाइ आध्यात्मिक शान्तिलाभ गर्न सिकाउने सन्देश उहाँ प्रवाह गर्नुहुन्छ ।
स्वामीजी थप प्रष्ट पार्नुहुन्छ, ‘सनातन संस्कारको ज्ञानले आफ्नो दैनिक जीवनलाई नैतिक चेतनाले भरिपूर्ण, परिपूर्ण र समुन्नत बनाउन सिकाउँदछ । जीवनलाई सरल र सहज ढंगले स्वीकार गर्न सिकाउँदछ । तिथि, पर्व, जात्रा, मेला एवम् नेपालका मठ मन्दिरहरु र तिर्थनदीहरुको ज्ञान गराउँदछ, तिनीहरुप्रति तिमीलाई गौरवबोध गराउन सिकाउँदछ ।’ यी सबैको समूच्च भनेको संस्कारले व्यक्तिलाई आफू चिन्न सिकाउने दाबी स्वामीजी गर्नुहुन्छ । सबैभन्दा ठूलो कुरा संस्कारले तिमीलाई ‘तिमी’ बन्न सिकाउने उहाँको भनाइ छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com