काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका बीच इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।
दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो । नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ ।
विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको सेल्टरमा जान दूतावासको सुझाव छ । साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्त्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि दूतावासले भनेको छ ।
सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा शेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन दूतावासको आग्रह छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com