Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

स्वास्थ्य सचेतना कार्यक्रम गर्दै सुनसरीको श्री जनकल्याण साकोस, अनिवार्य उपस्थित हुन सदस्यहरुलाई आग्रह

स्वास्थ्य सचेतना कार्यक्रम गर्दै सुनसरीको श्री जनकल्याण साकोस, अनिवार्य उपस्थित हुन सदस्यहरुलाई आग्रह

काठमाडौं । सुनसरीको दुहबी नगरपालिका वडा नं ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुको सुविधा र सहजताका लागि स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्न लागिएको भन्दै अनिवार्य उपस्थित हुन आग्रह गरेको छ ।

संस्थाले एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा आउँदो चैत्र २८ गते शनिबार एक दिवसीय प्राथमिक उपचार सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको व्यवस्थापक मनोज कुमार सुतिहारले बताउनुभयो ।

सदस्यहरुको सेवाकै लागि कार्यक्रम राखिएको भन्दै बढी भन्दा बढी सदस्यहरु कार्यक्रममा सहभागी भई लाभ लिन उहाँले आग्रह गर्नुभयो ।  

स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत Heart Attack को प्राथमिक उपचार विधि सि.पि.आर, विधि० सिकाइने छ भने, सर्पको टोकाइ, आगोले पोलेको र करेन्ट लागेको खण्डमा गर्नुपर्ने प्राथमिक उपचारबारे जानकारी गराइने व्यस्थापक सुतिहारले बताउनुभयो । यसैगरी, उहाँले  गुप्त रोग .पाईल्स), फिसर तथा फिस्टुलाको रोकथाम बारे पनि जानकारी उपलब्ध गराइने बताउनुभयो । बिहान साढे १० बजे  साह सेवा भवन दुहबी  ५, सुनसरीमा कार्यक्रम हुने संस्थाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार