काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबारको सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तरताका लागि विशेष व्यवस्था मिलाउन अस्पतालहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा समेत सोही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिइने व्यवस्था लागू भए पनि उक्त व्यवस्थाले ‘स्वास्थ्य सेवामा असर नपरोस्’ भन्ने उद्देश्यले आवश्यक सूचना जारी गरिएको जनाएको छ ।
विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन भनिएको छ । साथै, कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एकदिन बिदा दिने गरी दुईदिन बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । यदि सो व्यवस्था सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै बाधा नपर्ने गरी आवश्यक समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com