ठमाडौं । अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) आज मुलुभर नै विविध कार्यक्रम गरी मनाइएको छ । मुल कार्यक्रम भने सैनिक मञ्च टुँडिखेलमा आयोजना गरि मनाइएको छ ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त गरेसँगै पहिलो पटक ‘अन्तर्राष्ट्रियआरोग्य दिवस’ मनाइएको हो । उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ ले ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सभामुख डीपी अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
‘आरोग्य केवल रोग नहुनुमात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो,’ उहाँले भन्नुभयो ।
सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावबीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो, हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ । अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ ।’
त्यसैगरी पर्यटनमन्त्री पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने र यसबाट नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताउनुभयो । ‘आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नैभित्र फर्किने साहस हो, यो आत्माको मौनता बुझ्ने कला हो,’ उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल ध्यान र तपोभूमिको उद्गम बिन्दु भएको बताउनुभयो । विदेशी पर्यटकहरुलाई लक्षित गर्दै उहाँले नेपाल केवल घुम्न नभइ आफूलाई चिन्नका लागि पनि भ्रमण गर्न अनुरोध गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com