श्रीराम सुबेदी, पोखरा, ३ वैशाख । गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम कार्कीले तिनखम्बे अर्थनीतिलाई सबल बनाउन सहकारी अभियानलाई सफल बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आयोजनामा सहकारीको अवस्था, नियामकीय मापदण्डको कार्यान्वयन र निर्देशन सम्बन्धमा गण्डकी प्रदेश स्तरीय तालिम तथा अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि नवनियुक्त मन्त्री कार्कीले संघिय गणतन्त्रात्मक व्यवस्थात्मक मुलुकमा तिन खम्बे अर्थनीतिको एक खम्बा सहकारीलाई लिइएको बताउँदै ग्रामीण अर्थतन्त्रको जग उकास्ने सहकारीलाई कता कता समस्याको थुप्रो तर्फ धकेल्दै बद्नाम गर्न लागिएको हो कि भन्ने शंका व्यक्त गर्नुभयो ।
“सहकारी क्षेत्रमा देखिएका समस्या जरै देखि पत्ता लगाएर समस्याको समाधान गरी सहकारी क्षेत्रलाई आशा जगाउन सहकारी अभियानकर्मी नै जागरुक हुनुपर्ने बेला आएको छ, यहाँ केही विचौलियाका कारण सहकारी विधि, सिद्धान्तमा हिडेका सबल सहकारी माथि विद्यमान समस्याले आघात पुग्नु दुःखद् छ” मन्त्री कार्कीको भनाइ थियो ।
उहाँले सहकारी क्षेत्रमा देखिएका नकरात्मक समाचारको छाप पर्न थाल्यो र यसले गरेका सकारात्मक कामको तुलना नगर्ने प्रवृत्तिमार्फत समाजमा भ्रम छर्न थालियो भने समस्या बल्झने बताउनुभयो । राज्य, सहकारी र समुदाय मिलेर समस्या समाधानका निष्कर्ष निकाल्न जरुरी छ, भन्दै मन्त्री कार्कीले अब भएका प्रयास र निश्कर्षलाई कार्यान्वयन गर्न नीति नियमको निर्माण गर्न गण्डकी प्रदेश सरकारको पहलकदमी रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले समाजवाद उन्मुख अर्थतन्त्रको विकास र समुदायमा आर्थिक तथा वित्तिय गतिविधिको सञ्चालन गर्ने सहकारी क्षेत्रलाई केही छट्टुहरुले आफ्नो नीति तथा पैतृक सम्पत्ति जस्तो बनाएर हिलो छ्याप्ने काम गरेको बताउनुभयो ।
“सहकारी संस्था दर्ता गरेकै भरमा अर्बौको कारोबार गरेका सहकारीलाई नियमनमा पनि कमिकमजोरी भए होलान्, तर अब दर्ता मात्र होइन वित्तीय कारोबारको इजाजत लिएर सहकारी सञ्चालन गर्नुपर्ने हुन्छ।” नियमनकारी निकायले पनि सहकारीको गुणात्मक विकासमा ध्यान दिन्छ, वित्तिय सहकारीलाई सुव्यवस्थित र सुशासनयुक्त सञ्चालनमा जोड दिएको बताउँदै अध्यक्ष शर्माले विद्यमान समस्याको समाधानमा सहकारीका सबै क्षेत्रबाट नियामक निकायलाई सुझाउन समेत आग्रह गर्नुभएको थियो ।
गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी अधिकारीले सहकारी सञ्चालनमा बाझिएका र बाधिएका विषयलाई सहजीकरणका साथै निरन्तर खबरदारी गर्न तालिमको महत्वपूर्ण भूमिका हुने हुँदा निरन्तरता दिनुपर्ने र विद्यमान समस्याबाट छुट्करा दिर्दै स्वच्छ सहकारीको मर्मलाई छिट्टै न्याय दिलाउन माग गर्नुभयो । प्रदेश स्तरीय दुई दिवसीय कार्यक्रमको स्वागत मन्तव्य प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईले राख्नुभएको थियो भने सञ्चालन निर्देशक लेवन कश्यप अधिकारीको रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com