Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'कविता एन्ड द कप' को तेस्रो शृङ्खला सम्पन्न

'कविता एन्ड द कप' को तेस्रो शृङ्खला सम्पन्न

चेतनाथ धमला, काठमाडौं। बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'कविता एन्ड द कप' को तेस्रो शृङ्खला सम्पन्न भएको छ । उक्त शृङ्खलामा  कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भएको थियो । श्रेष्ठले 'भोलिको गीत' पर्या कविता 'सतरूपा' जस्ता दुई बेजोड कविता वाचन गर्दै कवितालाई सस्तो र सजिलो बुझ्न नहुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, 'पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो ।अहिले झन् लेख्न सकिन्छ ।मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो । संसार मान्छेको मात्रै होइन ,सबै प्राणीको हो।कविता अब वातावरणमैत्री भएर सबैका लागि  लेखिनुपर्छ । कवितामा जादुमय शक्ति हुन्छ ।'  

'कविता एन्ड द कप' कार्यक्रमका सूत्रधार प्रसिद्ध युवाकवि केशव सिलवालले कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै दशकौँ पुरानो पुल शीर्षकको कविता वाचन गर्नुभयो । यस्तै प्राज्ञ चेतनाथ धमलाले 'भ्रम' र 'एक टुक्रा' गरी दुइवटा लघुकविता र कृष्णकिसु न्यौपानेले 'सहरको रङ्ग' र 'सडककोआँसु' जस्ता कविता वाचन गर्नुभयो ।
 

यसैगरी कविहरू मिथोच, रीमा केसी ,सीता तुम्खेवा, प्रकाश गुँरागाई, युग सर्वनाम,सञ्जित फलाना, रजनी मिला लगायतले कविता वाचन गर्नुभएको थियो । कवि चन्द्रवीर तुम्बापोले कवितामा प्रयुक्त जारगन र कवित्व बारे प्रकाश पार्नुभयो । साथै ,कवि मोक्तान थेबाले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गर्नुभयो । वाचित कवितामाथि विशद् विमर्श समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार