Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

युवाहरुलाई अभिप्रेरित गर्दै सिवाईसी साकोस, २५ प्रशिक्षार्थीका लागि महत्वपूर्ण अवसर

युवाहरुलाई अभिप्रेरित गर्दै सिवाईसी साकोस, २५ प्रशिक्षार्थीका लागि महत्वपूर्ण अवसर

काठमाडौं । आजका युवाहरुलाई उत्प्रेरणाको खाँचो छ । सकारात्मकताको सञ्चार जरुरी देखिएको छ । राष्ट्रका भविष्य युवाहरुमा शक्तिशाली सोच विकास अपरिहार्य देखिएको छ । नकारात्मकताको बाढीबाट युवाहरुलाई जोगाएर सत्मार्गमा बदल्न उनीहरुले पहिला आफूलाई बदल्नु आवश्यक छ । यसका लागि सहकारीको माध्यमबाट युवाहरुलाई सीपसँग जोडिने खालका व्यावहारिक तालिम शिक्षा प्रदान गर्ने, सामुदायिक सहभागिता एवम् अन्तरक्रियामा उनीहरुलाई जोड्ने र शक्तिशाली सोच विकास गराउने पवित्र उद्देश्यका समुदायमा जरा गाडेको बागलुङस्थित सिवाईसी साकोसले युवाहरुका लागि कार्यक्रम आयोजना गर्न लागेको छ । 

‘शक्तिशाली सोचका लागि युवा सहभागिता कार्यक्रम’ मार्फत दश जोड दुई पास गरेका १५ जना सामाजिक परिचालक तथा स्नातक तह उत्तिर्ण १० जना बरिष्ठ सामाजिक परिचालक गरी २५ जना युवाहरु लाभान्वित हुनेछन् । ‘यो युवाहरुका लागि भविष्य परामर्श सेवा हो, युवाहरु अघि नबढी मुलुक बन्दैन, उनीहरुमा आशाको सञ्चार गराउनुपर्छ, त्यसका लागि शक्तिशाली सोच विकास अनिवार्य छ, सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले भन्नुभयो, त्यही भएर हामीले २५ जना युवालाई प्रथमतः यस्तो कार्यक्रममा सहभागी गराउँदैछौं । यस कार्यक्रम मार्फत युवाहरुमा नेतृत्व विकास तथा कामको संस्कार र संस्कृति सिकाउने हाम्रो उद्देश्य हो ।’

अध्यक्ष पौडेलले भन्नुभयो, ‘संसार बदल्न पहिला आफू बदलिनुपर्छ, युवाहरुले यो कुरालाई आत्मसात गरी आफू बदलिएर संसार बदल्न अग्रसरता देखाउनुपर्छ भन्ने सोचका साथ सिवाईसीले युवाहरुलाई स्वरोजगार तथा रोजगारीका अवसर सिर्जनमा सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरेको हो ।’ 

उहाँले २५ जना युवाहरुलाई दुई महिनाको जीवनोपयोगी प्रशिक्षण उपलब्ध गराइनेछ जसले उनीहरुमा अन्तर्निहित शक्ति र सामर्थ्य पहिचनामा मद्दत गर्ने बताउनुभयो । अन्तर्वार्ताको माध्यमबाट योग्य प्रशिक्षार्थीहरु छनौट गरी उनीहरुलाई सहकारी, समाज र सकारात्मकताका पाटाहरुबारे सुक्ष्म जानकारी गराइनेछ । प्रशिक्षणमा उत्कृष्टता हासिल गर्ने युवालाई सिवाईसी वा अन्य रोजगारप्रदायक संस्थासँग समन्वय गरी रोजगारीको अवसर प्रदान गर्न पहल गरिने समेत जनाइएको छ ।

‘सदस्य बनौं सिवाईसीमा, हातेमालो देश विकासमा’ भन्ने परिकल्पना बोकेको सिवाईसीले सहकारीमार्फत उद्यमशीलता प्रवर्धनमा उल्लेख्य कामहरु गर्दै आएको दाबी अध्यक्ष पौडेलले गर्नुभयो ।कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरुले आगामी जेठ ७ गतेभित्र संस्थाका कुनै पनि कार्यालयहरुमा उपस्थित भई वा इमेलमार्फत अन्य आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन् । ६० दिने सेवा अवधिमा प्रशिक्षार्थीहरुलाई विभिन्न विषयका ३ वटा तालिम र अन्य दिन व्यावहारिक अभ्यास गराइने सिवाईसी साकोसले जनाएको छ ।

सीवाईसी साकोसले मातृ संस्था चारतारे युवा क्लव, सिवाईसी नेपालसंगको सहकार्यमा युवाहरुमा शक्तिशाली सोच विकास, आफुलाई बदलौ संसार बदलिन्छ भन्ने दृढता र भविश्य परामर्श सेवा ९ऋबचभभच ऋयगलकभष्लिन० मार्फत नेतृत्व विकास तथा कामको संस्कार र संस्कृति सिकाउने अभिप्रायले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

690745865_2748199262202860_7153415696485204876_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार