Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कवि कलानिधि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि कलानिधि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौं।  कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” बैशाख २६ गते शनिबार एक भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालद्धारा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंंको लेखनाथ कक्षमा शनिबार आयोजित कार्यक्रममा कवि दाहालको  कृति लोकार्पण गरिएको हो ।

दाहाल द्वारा रचना गरिएको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को प्रा.डा. महादेव अवस्थी, प्रा.डा.रामप्रसाद ज्ञवाली, गोपी मैनाली, प्रा.डा. देवी नेपाल, प्रा.पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरिभक्त सिग्देल, महाकाव्यकार कलानिधि दाहालले संयुक्त लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अवस्थीले देवकोटाबारे धेरै कुरा उजागर गरेर महाकाव्य आएको बताउनुभयो । उहाँले अझै देवकोटाका विभिन्न पाटा भने समेटिन बाँकी रहेको पनि चर्चा गर्नुभयो ।

उक्त कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै प्राडा नेपालले महाकाव्यले देवकोटाको पुनर्जीवन भएको बताउनुभयो ।

महाकाव्यकार दाहालले देवकोटाका मुनामदन, लुनी, शाकुन्तल, प्रमिथस जस्ता कृतिमा छिरेर दार्शनिक गहिराइको साथ महाकाव्य लेख्न सफल भएको बताउनुभयो ।

प्रा.डा. ज्ञवालीले जीवन चेतना,सौन्दर्य चेतना र कलाचेतनाको त्रिवेणीको रूपमा कृति आएको बताउनुभयो ।

महाकाव्यकार दाहालले रचना गर्भबारे बताउनुभएको थियो ।

कार्यक्रममा साहित्यकार गोपी मैनाली, पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरि गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले शुभकामना दिँदै कविसँगको सम्बन्धको चर्चा गर्नुभयो ।

कार्यक्रममा सुशिला धमला, कल्पना काफ्ले, सविता वराल, कल्पना दाहाल लगायतले कृतिका केही श्लोक वाचन गर्नुभएको थियो । कृतिलाई ओरिएन्टल पब्लिकेशनले प्रकाशन गरेको हो ।
कवि तथा अध्यात्म चिन्तक हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रमको भैरवी भुगोलले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार