Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

संज्ञान विमर्शमा 'धीमहि' बहस

संज्ञान विमर्शमा 'धीमहि' बहस

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागको शुक्रबारे बहस 'संज्ञान विमर्श' को एघारौँ शृङ्खलामा जयराम तिमल्सिनाको 'धीमहि' उपन्यासको परिचर्चा गरिएको छ । विभागीय प्रमुख माधव उपाध्याय लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय सदस्यद्वय डा. जीवन श्रेष्ठ र डा. हेम भण्डारीले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

यस क्रममा श्रेष्ठले पलायन र विखण्डनको वर्तमान नेपाली समाज प्रस्तुत गर्न समर्थ 'धीमहि' उपन्यास मनोवैज्ञानिक, सामाजिक तथा अस्तित्ववादी विमर्शको सङ्गम बनेको धारणा राखे । उनले उत्तरआधुनिकतावादी शिल्प-संरचनाका धरातलमा रही पूर्वीय मान्यता प्रस्तुत गर्न उपन्यास सफल रहेको  बताए ।

अर्का समालोचक भण्डारीले उपन्यासमा सांस्कृतिक विचलनको सन्दर्भ समेटिएको धारणा राखे । उनले उपभोक्तावादी संस्कृति मौलाएको वर्तमान समाजको यथार्थ उद्घाटन गरिएको यस उपन्यासले पूर्वीय आदर्श सम्बद्ध प्रकृतितर्फको पुनरागमनलाई निचोडका रूपमा व्यक्त गरेको अभिमत प्रस्तुत गरे । लेखक तिमल्सिनाले नेपाली समाजका समस्या पहिचान गरी त्यसलाई आख्यानमार्फत निरन्तर अघि बढाउने इमानदार प्रयासमा 'धीमहि' को जन्म भएको विचार राख्दै आगामी दिनमा साहित्यको मूल्य र मर्म सम्बोधन गरी लेखनमा निरन्तर हुने प्रतिबद्धता जाहेर गरे ।

2158db38-8730-468d-a808-20c26b8c57c5.jpg
undefined

कार्यक्रममा त्रि.वि. मानविकी सङ्काय विद्यावारिधि अनुसन्धान परिषद् सदस्य प्रा.डा. सञ्जय मिश्र, प्रा.डा. भरत उपाध्याय, प्रा.डा. राजन पोखरेल, नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी, निवर्तमान प्राज्ञ अगीव वनेपाली, कवि भारती नेउपाने, पाटन क्याम्पस नेपाली; नेपालभाषा र जनसङ्ख्या विभागका प्राध्यापक तथा स्नातकोत्तर र स्नातक तहका नेपाली विषयका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।

उपभोक्तावादी संस्कृतिले सिर्जना गरेको पारिवारिक विखण्डनको विषयका साथै पूर्वीय दर्शन, आदर्श र मूल्य उद्घाटन गरी वर्तमान नेपाली समाजको स्पष्ट चित्र खिचिएको 'धीमहि' तिमल्सिनाको प्रथम औपन्यासिक कृति हो ।

ab3deb7e-a03e-43b7-a13c-cda4577833b7.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार