Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ।  महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आगामी जेठ १ गतेदेखि आवेदन खुला हुने र  महानगरपालिकाको वेवसाइटमार्फत आवेदन दिन सकिने जनाएको छ।

जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

छात्रवृत्तिका लागि जेठ १७ गते बिहाहन ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ। 

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित भएर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ।

विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा उपलब्ध हुने महानगरले जनाएको छ।  

काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत ९निजी० विद्यालयहरुमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्रदान गर्दै आएको छ।

०७९ देखि महानगरले व्यवस्थित रूपमा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो। महानगरको यो कार्यक्रमबाट अहिलेसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्। 

गत वर्ष काठमाडौँ महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका थिए। 

त्यसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। उत्तीर्ण भएकामध्येबाट पनि करिब ४५ सय विद्यार्थीले मात्रै छात्तवृत्ति प्राप्त गरेका थिए। 

700272318_1300035608970655_6049299047136966973_n_s1SQdNxSh8.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार