Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरू गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरू गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न गराउन निर्देशन दिएको छ।

मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो। मन्त्रालयको निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरी आज जानकारी गराएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको केन्द्रले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेकोले असार १ गतेदेखि नै पढाइ शुरू गर्न भनेको छ ।

विगतमा असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा ११ को पढाइ शुरू गर्ने गरिएकोमा यस वर्ष १ महिनाअघि नै पढाइ शुरू गर्न निर्देशन जारी गरिएको छ । यसैबीच। यो वर्ष एसईईको ग्रेडवृद्धि परीक्षा पनि असार १ गतेदेखि नै सञ्चालन हुँदैछ ।

release_YcEFr3mprH.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार