Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

इजरायलले माग्यो २३०० नेपाली कामदार

इजरायलले माग्यो २३०० नेपाली कामदार

काठमाडौं । इजरायलले २३०० जना नेपाली कामदार माग गरेको छ। 

वैदेशिक रोजगार विभागले बुधबार जारी गरेको सूचनाअनुसार इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशन गरिएको मितिले २१ दिनभित्र रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मा अनलाइन आवेदन दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

दरखास्त पेस गर्न सुरु हुने मिति २०८३/०२/१७ राति १२ बजे र अन्तिम मिति २०८३/०३/०७ गते राति १२ बजेसम्म रहेको विभागले जनाएको छ। 

707843642_27521649407427442_2005009596187330678_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार