Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

इरान युद्ध रोक्ने उद्देश्यसहितको प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा पारित

इरान युद्ध रोक्ने उद्देश्यसहितको प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा पारित

काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । 

युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार रिपब्लिकन सांसदहरू सामेल भएपछि २१५ मध्ये २०८ को भारी मतले यो प्रस्ताव पारित भएको हो । चार महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो । आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ । 

यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानुन बन्ने छैन । यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक छ । सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । 

युद्धविरामको सहमति भएको भनिए पनि दुबै पक्षबीच पछिल्ला दिनमा आक्रमण र प्रत्याक्रमण भैरहेको सन्दर्भमा अमेरिकी तल्लो सदनले यस्तो प्रस्ताव पारित गरेको हो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार