Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

४१ हजार सदस्यको भरोसा हाम्रो नेपाल साकोस, गाउँमै पुर्यायो विशेषज्ञ डाक्टर

४१ हजार सदस्यको भरोसा हाम्रो नेपाल साकोस, गाउँमै पुर्यायो विशेषज्ञ डाक्टर

मेचीनगर,झापा । झापाको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा मेचीनगर नगरपालिका-८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरमा जेठ २३ गते शनिबार एकदिने निःशुल्क स्वास्थ्य बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थाको मेचीनगर नगरपालिका क्षेत्रभित्र रहेका शेयर सदस्य र स्थानिय सर्वसाधारणलाई लक्षित गरी ओम् साई पाथिभरा हस्पिटल, भद्रपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ३५८ जना लाभान्वित भएका छन् ।

हाम्रो नेपाल साकोसका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो शिविरमा स्त्री तथा प्रसूति रोग, बाल रोग, नाकर कानर घाँटी, हाडजोर्नी तथा नसा, दन्तरोग, आँखा परीक्षण र जनरल फिजिसियन गरी सातवटा विधाका विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए । शिविरमा बिरामीहरूलाई निःशुल्क परामर्श, औषधि तथा आवश्यक सेवाग्राहीलाई चस्मासमेत वितरण गरिएको थियो।

WhatsApp Image 2026-06-07 at 12.14.20.jpeg

शिविरको प्रमुख अतिथिका रूपमा कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले हाम्रो नेपाल साकोसले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरेको यो कार्य प्रशंसनीय रहेको बताउनुभयो। वित्तीय कारोबारसँगै नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सहकारीहरू आर्थिक नाफा र घाटामा मात्र अल्झिन नहुनेमा जोड दिनुभयो ।

WhatsApp Image 2026-06-07 at 12.18.39.jpeg
undefined

कार्यक्रमका अतिथिहरू मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, वडा नम्बर ८ का वडाध्यक्ष गिरिराज धमला र आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरी लगायतले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार र सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

साकोसको इटाभट्टा सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक पर्शुराम गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-06-07 at 12.15.12.jpeg
undefined


झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको झापा, इलाम र मोरङ कार्यक्षेत्र रहेको छ । संस्थाले हाल स्वीकृत कार्यक्षेत्रभित्र कुल ३१ वटा सेवाकेन्द्रमार्फत वित्तीय पहुँच विस्तार गरिरहेको छ । 

साकोसको अपरिष्कृत प्रगति विवरण अनुसार २०८३ वैशाख मसान्तसम्ममा संस्थामा ४१ हजार ६९३ जना शेयर सदस्य र कुल कारोबार (वासलात) सम्पत्ति २ अर्ब ३० करोड २० लाख ७७ हजार ४३२ रुपैयाँ २६ पैसा पुगेको छ।  दर्ता नं ३/१/७(६५२)२०६९/०७० रहेको यस सहकारीले समान उद्देश्य भएका संस्थालाई गाभ्ने (मर्जर) र गुणस्तरीय सेवा दिने नीतिसहित न्यून आय भएका सदस्यहरूको जीवनस्तर उकास्न विभिन्न उत्पादनशील कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

WhatsApp Image 2026-06-07 at 12.13.30.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार