बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङ अन्तर्गत ढोरपाटन ईलाकाका सदस्य सेवा केन्द्रहरूको अन्तरक्रिया कार्यक्रम शुक्रबार बुर्तिवाङ बजारमा सम्पन्न भएको छ ।
बुर्तिवाङ ईलाका सदस्य सेवा केन्द्र अन्तर्गत रहेका तमानखोला सदस्य सेवा केन्द्र, नमुना स्वाभिमान सदस्य सेवा केन्द्र, ढोरपाटन सदस्य सेवा केन्द्र तथा नीसीखोला सदस्य सेवा केन्द्रका सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी, सदस्य एवं कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सदस्य सेवा केन्द्रहरूको वर्तमान अवस्था, सेवा प्रवाहको प्रभावकारिता, संस्थागत सुशासन, सदस्य सन्तुष्टि अभिवृद्धि, व्यवसाय विस्तार तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले आ–आफ्ना सेवा केन्द्रका अनुभव, चुनौती र सफल अभ्यासहरू प्रस्तुत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र सदस्यमैत्री बनाउन आवश्यक सुझावहरू राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारीको दिगो विकासका लागि सदस्यकेन्द्रित सेवा, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले सदस्य सेवा केन्द्रहरू संस्थाको आधारस्तम्भ भएकाले स्थानीय तहसम्म गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्दै सदस्यहरूको विश्वास अझ मजबुत बनाउन सबै पदाधिकारी र कर्मचारीले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै, बदलिँदो समय र प्रविधिसँगै सेवा प्रवाहलाई थप आधुनिक, सहज र सदस्यमैत्री बनाउन निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेफ्स्कूनका पूर्व कोषाध्यक्ष सहकारी अभियान्त केशवप्रसाद पोखरेलले सेवाकेन्द्रको वित्तीय सुचकाङ्कका आधारमा सेवाकेन्द्रहरुलाई सुझाव दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमले सदस्य सेवा केन्द्रहरूबीच आपसी समन्वय, अनुभव आदानप्रदान तथा सहकार्यलाई थप मजबुत बनाउँदै संस्थाको समग्र सेवा प्रणालीलाई अझ सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएकोे छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com