काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले समस्या समाधानका लागि सक्रिय पहल थालेको छ।
यसका लागि मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ। कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।
ऊर्जा मन्त्रीले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिँदै, लापरवाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत निर्देशन जारी गर्नुभएको प्रमुख स्वकीय सचिवले जनाएको छ।
मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com