Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारीको वार्षिक खाताबन्दी सम्बन्धी तालिम सम्पन्न

सहकारीको वार्षिक खाताबन्दी सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा 'सहकारीमा वार्षिक खाताबन्दी' विषयक तालिम २०८३ असार २३ गते मंगलबार सम्पन्न भएको छ। 

तालिममा सहभागी सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समिति, व्यवस्थापक, लेखा कर्मचारी तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले वार्षिक खाताबन्दी, वित्तीय विवरण तयारी, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तयारी, कर्जा व्यवस्थापन तथा प्रचलित कानुनी व्यवस्थासम्बन्धी विषयमा व्यावहारिक जानकारी हासिल गर्नुभएको थियो। असार महिनाको अन्त्यतिर वार्षिक खाताबन्दीको समय नजिकिदैं गर्दा आयोजना गरिएको यो तालिम निक्कै सान्दर्भिक भएको सहभागीहरुले बताउनुभयो ।

यस प्रकारका क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूबाट सहकारी संस्थाको सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा दिगो वित्तीय व्यवस्थापनमा थप टेवा पुग्ने सहभागीहरुले जनाएका छन् ।

तालिमको प्रशिक्षण संघका सचिव एवम् सहकारी प्रशिक्षक अनिल वीर बज्राचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार