Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आचारसंहिता सार्वजनिक

भूमि व्यवस्था मन्त्रालयको कर्मचारी आचारसंहिता; दबाब, प्रभाव र प्रलोभन मुक्त भई कार्य गर्नुपर्ने

भूमि व्यवस्था मन्त्रालयको कर्मचारी आचारसंहिता; दबाब, प्रभाव र प्रलोभन मुक्त भई कार्य गर्नुपर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिता तयार गरी सार्वजनिक गरेको छ। सेवा प्रवाहमा चुस्तता, विश्वसनीयता र पारदर्शीता प्रवर्धन गर्न कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

कर्मचारीले कार्यसम्पादन गर्ने क्रममा कुनै समस्या देखिए समाधानका लागि अधिकतम प्रयास गर्नुपर्ने छ। कर्मचारीले कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव र प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा कार्य गर्नुपर्ने पनि नयाँ आचारसंहितामा उल्लेख छ।

आचारसंहिता अनुसार कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्र जानुपर्ने छ भने त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा, महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने छ।

त्यसैगरी कुनै पनि कर्मचारीले आफ्नो नाममा रहेको बेरुजु समयमा नै फर्छ्यौट गर्नुपर्ने छ।

सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, प्रत्यक्ष रूपमा निजी स्वार्थ जोडिने गरी निर्णय गर्न नहुने, सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नहुने विषय पनि आचारसंहितामा उल्लेख छ।

1_lNUkh7qg6n.png
undefined
3_qJXiANjuy5.png
undefined
4_zYlVa7cOw2.png
undefined
5_c5k4wzQkyr.png
undefined
6_LC34a65dlp.png
undefined

7_KAKU5eEXJ8.png

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार