Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मुलुकका लागि सहकारी नभई हुँदैनः सह–सचिव कोइराला

मुलुकका लागि सहकारी नभई हुँदैनः सह–सचिव कोइराला

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव मदन कोइरालाले सहकारी मुलुकका लागि अपरिहार्य भएको बताउनुभएको छ । मुलुकको संविधानले सहकारीसहितको तीन खम्बे अर्थनीति अपनाएको भन्दै यसको महत्व निक्कै रहेको धारणा उहाँले राख्नुभयो । 

नेपाल सहकारी पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘मैले धेरै ठाउँमा प्रमुख जिल्ला अधिकारी भएर पनि काम गरेँ । त्यसक्रममा विभिन्न जिल्लाका गाउँ गाउँमा सहकारीमार्फ भएका राम्रा कामहरुबारे नजिकबाट नियाल्ने अवसर पाएँको छु । मेरो अनुभवले भन्छ सहकारी नभई हुँदैन ।’ उहाँले भन्नुभयो, ‘सहकारीहरुले मानिसहरुलाई सबलीकरण गर्न, गरिब निमुखा र लक्षित वर्गको उत्थान गर्न तथा गरिबी निवारणमा ठूलो सघाउ पुर्याएको छ ।’ उहाँले सहकारी क्षेत्रले अर्थतन्त्रमा ठूलो सघाउ पुर्याएको बताउनुभयो । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सञ्चालक सदस्य समेत रहनुभएका कोइरालाले भन्नुभयो, ‘दुई चारवटा ठूला सहकारीहरुले वित्तीय अनुशासन कायम नगरेका कारणले अहिले समस्या आएको हो । तर, सहकारी मुलुकको लागि अपरिहार्य छ । यद्यपि, सहकारीहरुलाई कसरी व्यवस्थित गरेर लान सकिन्छ भन्ने तर्फ सबै लाग्नुपर्छ । त्यसका लागि प्राधिकरणले सहकारी विभाग, सहकारी अभियान तथा अन्य सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास उहाँले दिलाउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार