काठमाडौं । गत वर्ष असार २५ गते स्थापना भएको कर्जा असुली न्यायाधिकरणले एक वर्षमा ११७ वटा मुद्दा फैसला गरेको छ भने २४ वटा मुद्दामा मिलापत्र भएको र २६ वटा कार्यान्वयन भएको जनाएको छ । यस अवधिमा न्यायाधिकरणमा ५ सय ८० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये फैसला भएका मुद्दाको ठहर रकम साढे २३ करोड बढी रहेको र मिलापत्र भएका मुद्दाबाट ७ करोड ८१ लाख बढी रकम असुल उपर भएको न्यायाधिकरणले जनाएको छ । यस्तै, यस अवधिमा २६ वटा मुद्दा कार्यान्वयन भएको भन्दै तिनबाट ८ करोड १० लाख बढी रकम असुल उपर भएको न्यायाधिकरणले जनाएको छ ।
सहकारी ऐन, २०७४ को दफा ८२ तथा सहकारी नियमावली, २०७५ को नियम ४२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असार २५ गतेको निर्णयअनुसार स्थापना भएको न्यायाधिकरणले काठमाडौंको नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र परिसरबाट नियमित रूपमा कार्य सञ्चालन गर्दै आएको छ ।
सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको छिटो, छरितो र प्रभावकारी रूपमा कारवाही तथा किनारा गरी सहकारी संस्थाले असुल गर्न नसकेको कर्जा असुलउपर गर्ने उद्देश्यले स्थापित न्यायाधिकरणले स्थापनाकालदेखि आज असार २५ गतेसम्म सम्पन्न गरेका कार्यहरूको विवरण विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com