Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
उद्योग वाणिज्य महासंघको सुझाव

‘सरकारको भूमिका सहजीकरणकर्ताको हुनुपर्छ’

‘सरकारको भूमिका सहजीकरणकर्ताको हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी प्रर्वद्धन र आर्थिक विकासको लागि सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुर्पे सुझाव दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाहसँग भएको भेटवार्तामा अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई पुनः गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्ने साहसिक निर्णय आवश्यक रहेकामा जोड दिनुभयो । 

उहाँले सरकारले अघि सारेको परिवर्तन, रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको अवधारणालाई व्यवहारमा उतार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान पुर्‍याउने निजी क्षेत्र हाल गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै बजारमा न्यून माग, लगानीमा आएको सुस्ती तथा अत्यधिक नियामकीय दबाबका कारण व्यवसायीहरूको मनोबल कमजोर भएको बताउनुभयो । 

सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिको लागि निजीको महत्वपूर्ण भूमिका रहने हँदा सरकार निजी क्षेत्रसंग सहकार्य गरेरै अगाडी बढ्ने धारणा राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

‘ भेटमा निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा हामीले खुलेर प्रधानमन्त्रीसंग छलफल गर्‍यौं । अध्यक्ष श्रेष्ठले भन्नुभयो, प्रधानमन्त्रीले पूर्वाधार विकासको काम सरकारले गर्ने र आर्थिक विकासको काम निजी क्षेत्रले  गर्ने उल्लेख गर्दै त्यसको सहजिकरणका सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै उहाँले यस्ता भेटघाटलाई निरन्तरता दिने बताउनु भएको छ । यसलाई निजी क्षेत्रले सकारात्मक रुपमा दिएको छ । ’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार