Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

काठमाडौंमा बेनेभिसको विस्तार, मण्डीखाटारमा खुल्यो पाँचौं प्रिमियम आइसक्रिम पार्लर

काठमाडौंमा बेनेभिसको विस्तार, मण्डीखाटारमा खुल्यो पाँचौं प्रिमियम आइसक्रिम पार्लर

काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो पाँचौं पार्लर सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटनसँगै कम्पनीले ग्राहकलाई गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय आइसक्रिम अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।

नयाँ पार्लरको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। समारोहमा चर्चित नेपाली अभिनेत्री वर्षा शिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँसहित कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, अध्यक्ष सुरेश कुमार धोर्जु, निर्देशक प्रमिला कर्माचार्य, प्रबन्ध निर्देशक विकल कर्माचार्य तथा सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले संयुक्त रूपमा रिबन काटेर पार्लरको उद्घाटन गर्नुभएको थियो।

WhatsApp Image 2026-07-11 at 15.11.25 (1).jpeg
undefined

उद्घाटन कार्यक्रममा सञ्चारकर्मी, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, व्यवसायिक साझेदार, शुभेच्छुक तथा अन्य आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले बेनेभिसका विभिन्न सिग्नेचर आइसक्रिम फ्लेभरको स्वाद लिनुका साथै नयाँ पार्लरको आधुनिक वातावरण र आतिथ्य सेवाको अनुभव गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले ग्राहक, साझेदार तथा शुभेच्छुकहरूले बेनेभिसप्रति देखाएको विश्वास र निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पाँचौं शाखाको सञ्चालनले कम्पनीको विस्तार यात्रामा नयाँ अध्याय थपेको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो।

WhatsApp Image 2026-07-11 at 15.11.23.jpeg
undefined

प्रमुख अतिथि वर्षा शिवाकोटीले बेनेभिस परिवारलाई नयाँ शाखा सञ्चालनको अवसरमा बधाई दिँदै नेपाली उपभोक्तामाझ उत्कृष्ट स्वाद र सेवाका माध्यमबाट ब्रान्ड अझ लोकप्रिय बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।
परिवार, साथीभाइ तथा सबै उमेर समूहका आइसक्रिम पारखीलाई लक्षित गरी आधुनिक अवधारणामा निर्माण गरिएको नयाँ पार्लरमा बेनेभिसका प्रिमियम आइसक्रिम फ्लेभर, विभिन्न डेजर्ट तथा मौसमी विशेष परिकार उपलब्ध हुने कम्पनीले जनाएको छ।

बेनेभिस आइसक्रिमले गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै नेपालभर आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएका प्रिमियम आइसक्रिममार्फत ग्राहकलाई उत्कृष्ट स्वाद र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यसहित कम्पनीले शाखा विस्तारलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार